एनपीएल : काठमाडौंसँग विराटनगर एक विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गुर्खाजसँग विराटनगर किंग्स एक विकेटले पराजित भएकाे छ । ११८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाडौं १८.१ ओभरमा १२० रन बनायो ।
काठमाडौंका लागि प्रतिक श्रेष्ठ ३९, रसिद खान १४, जेरार्ड एरासमस १२, माइकल लेभिट १०, साहव आलम दुई, भीम सार्की, स्टेफन इस्किनाजी र डान डाउथवेथ समान एक, करण केसी शून्य आउट भए भने दिपेश कंडेल ११ र शंकर राना १६मा अविजित रहे ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछने तीन, बसिर अहमद, अनिल खरेल र क्रिश सोल समान दुईरदुई विकेट लिए ।
टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले एक बल बाँकी छँदै सबै विकेट गुमाएर ११७ रन बनायो। विराटनगरका लागि राजेश पुलामी मगर २५, दिपक बोहरा २० , स्कट एडवार्ड १५,, बसिर अहमद १३, निकोलश किर्तन १२, लोकेश बम ९, सुवास भण्डारी ६, इस्मत आलम ५, क्रिश सोल एक, सन्दीप लामिछाने शून्यमा आउट भए ।
जेरार्ड एरासम तीन, दिपेश कंडेल दुई , डन डौथवेथ, कप्तान करण केसी, साहव आलमले एकएक विकेट लिए ।

.gif)