sevenstartv.com ५ पुष २०८२, शनिवार

पेरिस ओलम्पिक आज सकिँदै

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । उद्घाटन भएको १६ दिन र समग्रमा लगभग तीन साता लामो खेलकुद पेरिस ओलम्पिक २०२४ आज समापन हुँदैछ ।​ स्टेड डे फ्रान्समा आयोजित हुने ३३औँ संस्करणको ओलम्पिकको समापन समारोह नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । 

सेन नदीमा आयोजित उद्घाटन समारोहको विपरित, ओलम्पिक समापन समारोह ८० हजार दर्शक माझ स्टेड डे फ्रान्समा भित्र हुनेछ । समापन समारोहमा खेलाडीहरूको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई सेलिब्रेट गरिने छ ।

समारोहमा ओलम्पिक ज्वाला औपचारिक रुपमा निभाइने छ भने लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरिनेछ । आजसम्म चीन तालिकाको अगाडि रहेको छ। चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्यसहित ९० पदक जितेको छ ।  

अमेरिकाले हालसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १ सय २२ पदक जितेको छ । तेस्रो स्थानमा यथावत अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १८ कास्य सहित कुल ५० पदक जितेको छ । 

 पदक तालिकाको चौंथो स्थानमा जापानले अहिलेसम्म १८ स्वर्ण, १३ रजत र १३ कास्य सहित कुल ४३ पदक जितेको छ ।  १६ स्वर्ण २४ रजत र २२ कास्य जितेको फ्रान्स पाँचौं स्थानमा छ । आयोजक फ्रान्सले १४ स्वर्णसहित कुल ६२  पटक हात पारेको छ। दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः सातौ आठौं, र नवौं स्थानमा छन् ।

इटाली एक स्थान तल झर्दै १०औँ स्थानमा पुगेको छ । पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्ये ९१ देशले कम्तिमा एक पदक जितेका छन् । ओलम्पिक अन्तर्गत आज थप  १३ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्