sevenstartv.com १७ असार २०८३, बुधवार

नेपाल आइपुगे महान क्रिकेटर ब्रायन लारा

२८ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा नेपाल‌ आइपुगेका छन् ।

नेपाल प्रिमियर लिग (एनपिएल) अवलोकनका लागि आज नै टियु मैदान पुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

लाराले वेस्टइन्डिजका लागि एक सय ३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने दुई सय ९९ एकदिवसीय खेलमा १० हजारभन्दा धेरै रन बनाएका छन्। उनले वेस्टइन्डिजका लागि सन् २००४ को च्याम्पियन्स ट्रफी जितेका थिए ।