sevenstartv.com ४ पुष २०८२, शुक्रवार

एनपीएल : जनकपुरसँग काठमाडौं ५ विकेटले पराजित

२७ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग काठमाडौं गोर्खा ५ विकेटले पराजित भएको छ । 

कीर्तिपुर मैदानमा टस हारेर १०२ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५ दशमलव ५ ओभरमा १०४ रन बनाएको हो । सामान्य लक्ष्य पछ्याएको जनकपुरले ब्याटरहरु नचल्दा पनि जित हात परेको हो । जनकपुरका ओपनर लाहिरू मिलन्था सस्तैमा आउट भए । २० बलमा १६ रन जोडेका उनी काठमाडौंका करण केसीको बलमा आउट भए ।

जनकपुरका अर्का ओपनर आशिफ शेख पनि करण केसीकै बलको शिकार बने । आशिफले ९ बलमा मात्रै २ रन जोडे । जनकपुरका कप्तान अनिल शाह काठमाडौंका दिपेश कँडेलको एलबीडब्ल्यू धरापमा परेर विकेट गुमाए । उनले १० बलमा १ चौकाको सहयोगमा ११ रन जोडे । जनकपुरको जितका लागि जेम्स नीशम १७ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक २७ रन जोडे ।

जनकपुरका अर्का खेलाडी हर्श थाकरले अविजित २५ रन जोडे । उनले २५ बलको सामना गर्दा १ चौका र १ छक्का प्रहार गरे । मोहम्मद मोहसिनले अविजित १३ रन जोडे । उनले ७ बलमा ३ चौका प्रहार गरेका थिए । अन्य खेलाडीले दोहोरो रन नबनाए पनि जनकपुरले जित निकाल्यो ।

बलिङतर्फ काठमाडौंका करण केसीले सर्वाधिक २ विकेट लिए । जनकपुरका ओपनरद्वय लाहिरू मिलन्था र आशिफ शेख करणकै बलमा आउट भएका हुन् ।काठमाडौंका शाहब आलम, गेर्हार्ड इरास्मस र दीपेश कँडेलले समान १९१ विकेट लिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्