sevenstartv.com ४ पुष २०८२, शुक्रवार

एनपीएल : पोखरासँग विराटनगर १३ रनले पराजित

२७ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमयर लिग एनपीएलमा पोखरा एभेन्जर्ससँग विराटनगर किंग्स १३ रनले पराजित भएकाे छ । सुपर ओभरमा लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का एक चौकासहित १७ र आन्देश गोसले एक रन बनाएपछि पोखराले १८ रन बनायो ।

जवाफी ब्याटिङमा आएको विराटनगरले ५  रन बनायो । विराटनगरका लागि मार्टिन गप्टिलले दुई  निकोलस किर्तनले दुई रन बनाए भने एक वाइडबलका कारण अतिरिक्त  एक रन प्राप्त भयो । 

विराटनगरले दिएको १३९ रनको लक्ष्य पोखराले पनि ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । यसअगाडि पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्