सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादीको आजको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ ।
आज अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्नेछ ।
विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसंगठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ ।








