एनपीएल : विराटनगरले पोखरालाई दियाे १४० रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङमा उत्रिएको विरानगरले ७ विकेट गुमाउँदै १३९ रन बनायो ।
विराटनगरका लागि स्कट एडवार्ड्स ४५, लोकेश बम २६, निकोलश किर्तन १९, क्रिश सोल ७, मार्टिन गुप्टिल ५, नरेश भट्ट र दिपक बोहरा ४ रन बनाए । बसिर अहमद २१ र प्रतिश जीसी ४ रनमा अविजित रहे ।
पोखराका लागि सागर ढकाल र रेमन रेफर समान दुई र कुशल भुर्तेल, दिनेश खरेलले समान एक एक विकेट लिए ।

.gif)