रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज सातौँपटक जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।
यसअघि छैटौँपटक थपिएको चार दिनको म्याद बुधबार सकिएपछि म्याद थपका लागि आज अदालतमा उपस्थित गराउन लागिएको हो । कार्यालय समय शुरु भएपछि लामिछानेलाई थप हिरासतमा राख्ने अनुमति माग्नका लागि अदालतमा लगिने जनाइएको छ ।
५५ दिनदेखि प्रहरीको हिरासतमा रहेका लामिछानेको रूपन्देही, काठमाडौं, चितवन र पर्सा जिल्लामा बयान भइसकेको छ । प्रहरीले संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।








