sevenstartv.com ४ पुष २०८२, शुक्रवार

काभा क्लब भलिबल : इरानको यु-१८ टिम सेमिफाइनलमा

२६ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । इरानको यु-१८ टिमले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै काभा मेन्स भलिबल क्लव च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको क्यालीकटलाई सोझो सेटमा पराजित गर्दै इरानको युवा टिम एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको क्यालीकट र इरानको टिमबीचको खेल प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको थियो । तर इरानको युवा खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रह्यो । पहिलो सेट प्रतिष्पर्धात्मक बनेपनि २७-२५ ले इरानले जित्यो ।  एक सेट गुमाएपछि दोस्रो सेटमा पनि क्यालीकट खेलमा फर्कन सकेन । 

सहजै इरानको यु-१८ टिमले २५-२२ ले जित्यो । २५-२० ले तेस्रो सेट पनि सहजै इरानले जित्यो। सोझो सेटको जितमा इरानले लगातार तेस्रो जित सहित ७ अंक बनाएको छ । इरानले यसअघि पहिलो खेलमा माल्दिभ्सको क्लव एचडिसीलाई र दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हराएको थियो । पराजित क्यालिकटको भने यो दोस्रो हार हो । उसले तीन खेलबाट मात्र ४ अंक बनाएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्