नेपाल जग्गा तथा आवास विकास महासंघको तस्रो महासभा मंसिर २८ गते हुने
काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको तस्रो महासभा मंसिर २८ गते काठमाडौंमा हुने भएको छ । महासंघको तेस्रो महासभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको महासंघका अध्यक्ष भेषराज लोहनीले जानकारी दिएका हुन् ।
अध्यक्ष लोहनीले महासंघको महासभाले नयाँ नेतृत्व समेत चयन गर्ने उल्लेख गरे । उनले महासभामा विगतदेखि उठाइरहेका घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने विषयका प्रश्तावहरु रहेको बताए ।
उनले शेयर कारोबारका लागि स्टक मार्केट जस्तै घरजग्गा कारोबारको लागि ल्याण्ड मार्केटको अवधारणा र हाउजिङ ल्याण्डपुलिङ अवधारणाहरु ल्याउनुपर्ने विषयलाई जोड दिएको बताए । अध्यक्ष लोहनीले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउनको लागि ब्रोकर लाइसेन्सका कुराहरु पनि महासभामा लगिने उल्लेख गरे ।

.gif)