sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतिहरु डरलाग्दा छन्'

२६ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतिहरु डरलाग्दो रहेको बताएका छन् । 

बुधबार ललितपुरमा अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका डरलाग्दा चुनौतिहरु रहेपनि सम्बोधन गर्न नसकिने किसिमका नरहेको उल्लेख गरेका हुन्  । उनले पर्वतीय इकोसिस्टमको संरक्षण गर्नका लागि पर्वतीय समुदायको क्षमता विकास र आवश्यकता पहिलो प्राथमिकता भएको बताए । 

उनले जथाभावी गरिएका भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव-वन्यजन्तु द्वन्द्वले हिमालहरु जलवायु जोखिमको चपेटामा परेको बताएका छन् । उनले जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनले बाढी, पहिरोजन्य घटनाहरुमा वृद्धि भएको र अर्थतन्त्र धरापमा परेको उल्लेख गरे । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्