काठमाडौंले लुम्बिनीलाई दियाे १०४ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य दिएको छ । टस जितेर सुरूमा ब्याटिङमा उत्रिएको काठमाडौंले सबै विकेट गुमाएर १०३ रन बनायो ।
काठमाडौंका लागि भीम सार्की ३१, डान डौथवेट २१ ,प्रतिक श्रेष्ठ २०, स्टेफेन एस्किनाजी १३, साहव आलम ८, सुमित महर्जन चार,करण केसी, जेराड इरासमस एक, रसिद खान, माइकल लेभिट शून्य आउट भए । लुम्बिनीका लागि साद विन जफर तीन, अभिशेष गौतम र रामोन सिमोण्ड समान दुई, विवेक यादव र सुर्य तामाङले समान र एक एक विकेट लिए ।
करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ। दुई अंकसहित टोली तालिकाको छैटौं स्थानमा छ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले काठमाडौंभन्दा दुई खेल बढी खेलेको छ। लुम्बिनीका लागि बुधबार छैटौं खेल हुनेछ। लुम्बिनीको पनि समान दुई अंक नै छ ।
प्लेअफको झिनो आस बोकेको लुम्बिनीलाई जितबाहेक अन्य विकल्प छैन। गर या मरको स्थितिमा रहेको लुम्बिनी काठमाडौंविरुद्ध पराजय बेहोरे लिग चरणबाट बाहिरिने पहिलो टोली बन्नेछ । किनभने शीर्ष चारमा रहेका टोलीहरुले ६ अंक बटुलिसकेका छन् । लुम्बिनीविरुद्धको हारले काठमाडौंको प्लेअफ यात्रालाई गाह्रो बनाउन सक्छ ।

.gif)