sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रविलाई पर्साबाट पोखरा लगिँदै

२६ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै छ ।

सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउनुपर्ने भएकाले आजै पोखरा लैजान लागिएको छ ।

लामिछानेलाई सिमराबाट हवाईमार्गमार्फत काठमाडौं ल्याइएको छ। रविलाई बुद्ध एअरको जहाजमा  राखेर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा ल्याइएको हो। उनलाई आजै विमानमार्फत पोखरा लगिनेछ। लमिछानेसँग हिजो एकैदिनमै पर्सामा बयान सकिएको छ ।

५४ दिनदेखि प्रहरीको हिरासतमा रहेका लामिछानेको कास्की, रूपन्देही, काठमाडौं, चितवनर पर्सा जिल्लामा बयान भइसकेको छ । सबैतिर बयान सकिएसँगै प्रहरीले लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुर्‍याएको हो ।

प्रहरीले सानो पाइला सहकारीमा जोडिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी र रामबहादुर खनाललाई स्थलमार्गबाटै पर्साबाट पुनः पोखरा पुर्‍याएको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्