वीरगञ्जमा रास्वपा कार्यकर्ताको प्रदर्शन
काठमाडौं । सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले आज पर्सामा प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालय वीरगञ्जमा लामिछानेको बयान भइरहँदा उनका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले राजनीतिक प्रतिशोधविरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध जुलुस निकालेका छन् । प्रदर्शनमा सहभागीहरूले रवि लामिछानेलाई न्याय दे, जनता झुक्क्याउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।
पर्सास्थित हाम्रो सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार नै पोखराबाट काठमाडौं हुँदै जहाजमा लगिएको हो ।








