लुम्बिनीले चितवनलाई दियाे १६८ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको लुम्बिनीका कप्तान रोहित पौडेल र साद विन जफरले ११४ रनको उत्कृष्ट साझेदारी गर्दै १६७ रन बनायो ।
लुम्बिनीका लागि पौडेल ८०, अर्जुन साउद १५, टम मुर्स १०, आशतोष घिरैया एक, उन्मुक्त चन्द शून्य र जफरले ५२ बनाए भने सन्दीप जोरा एक चौकासहित ४ रनमा अविजित रहे । चितवनका लागि रिजन ढकाल तीन विकेट, रञ्जित कुमार, कप्तान कुशल मल्लले समान एक एक विकेट लिए ।
यसअघि ४ खेलमा चितवनले ३ खेलमा जित निकालेको छ । चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले पाखा लगाएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको चितवनले चौथो खेलमा भने उत्कृष्ट लयमा रहेको सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पाखा लगाएको थियो ।
उता लुम्बिनीले भने हालसम्म खेलका चार वटै खेलमा पराजय व्यहोरेको छ। लुम्बिनी विराटनगर किङ्ससँग २ विकेटले पराजित भएको थियो भने पोखरा एभेन्जर्ससँग १० विकेटले स्तब्ध बनेको थियो । सुदूरपश्चिमसँग ४५ रनले पराजित भएको लुम्बिनी जनकपुर बोल्ट्ससँग १ रनले स्तब्ध बनेको थियो ।

.gif)