sevenstartv.com १६ असार २०८३, मङ्गलवार

इजरायली जनतालाई माधव नेपालको आग्रहः देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुस्

२४ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गरेका छन् । 

काठमाडौंमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको बिरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरेका हुन् । 

उनले नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताए । उनले प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको बताएका छन् । उनले नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्ने बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्