sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य बनाउने कांग्रेसको निर्णय

२४ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सदस्य पदमा स्याङ्जाकी सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कार्यसम्पादन समितिको बैठकले थापालाई समानुपातिकतर्फ प्रदेशसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरेको हो । 

 रिक्त पदपूर्तिका लागि निर्वाचन आयोगमा भएको बन्दसूचीको क्रम संख्याअनुसार थापाको नाम सिफारिस गर्ने निर्णय भएको छ । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएपछि समानुपातिकतर्फको प्रदेशसभा सदस्य पद रिक्त थियो ।

बैठकले केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गर्ने सभापति देउवाको प्रस्तावलाई अनुमोदन गरेको छ । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्