sevenstartv.com ५ पुष २०८२, शनिवार

ब्राजिललाई पराजित गर्दै अमेरिकाले जित्यो पाँचौं पटक स्वर्ण

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । अमेरिकाले ओलम्पिक महिला फुटबलको फाइनलमा ब्राजिललाई पराजित गर्दै कीर्तिमानी पाँचौं पटक स्वर्ण पदक जितेको छ । पार्क डेस प्रिन्सेसमा भएको खेलमा अमेरिकाले ब्राजिललाई १–० गोलले पराजित गर्दै कीर्तिमानी पाँचौं पटक स्वर्ण पदक जितेको हो । 

स्वानसनले आफ्नो १०० औँ क्यापमा गोलकिपर लोरेनालाई छक्याउँदै गोल गर्दै अमेरिकालाई अग्रता दिलाएकी थिइन् । उनले दोस्रो हाफको १२औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाएकी थिइन् । 

सन् १९९६, २००४, २००८ र २०१२ स्वर्ण जितेको अमेरिकाले १२ वर्षपछि फुटबलमा स्वर्ण जित्यो। महिला फुटबलको कास्य पदक भने जर्मनीले जित्यो । पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्पेनले फ्रान्सलाई हराउँदै स्वर्ण पदक जितेको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्