sevenstartv.com ४ पुष २०८२, शुक्रवार

एनपीएलः जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै

२३ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान ९ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् ।लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ ।

जनकपुर भने लगातार तीन खेलमा अंक बटुल्न सफल भएको छ । आजै हुने अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् ।

सुदूरपश्चिम पनि तीन खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

चितवन राइनोजले १ खेलमा जित निकाल्दा २ खेलमा पराजित भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्