sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'श्रम ऐनलाई सरकारले समय सापेक्ष बनाएर संशोधन गर्ने छ'

२१ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम ऐनलाई सरकारले समय सापेक्ष बनाएर संशोधन गर्ने बताएका छन् ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले सरकारले श्रम ऐनलाई समय सापेक्ष बनाउनको लागि सरोकारवालाहरुसँग सल्लाह सुझाव माग गरेको बताएका हुन् । उनले श्रम ऐनलाई समसामयिक बनाउन र श्रमिकले पाउने अधिकारको ग्यारेन्टी उद्योग प्रतिष्ठानहरु गर्नुपर्ने बताए । 

उनले श्रमिकको सुरक्षा र स्वास्थ सम्बन्धि अधिकारका विषयमा श्रम क्षेत्रलाई व्यवस्थित गर्दै जाँदा मात्रै रोजगारदाता र श्रमिक दुवै पक्षको सुमधुर सम्बन्ध बन्ने बताए । उनले रोजगारदाताहरुले उद्योगमा श्रमिकको सुरक्षा र स्वास्थ्य सम्बन्धि अधिकार सुनिश्चित गर्दा उत्पादन बढ्ने समेत बताए । उनले मुलुकमा रोजगारीको सम्भावना कम भएकाले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्