sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : सभापति देउवा

२१ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता कायम गर्ने प्रष्ट पारेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ ९बिआरआई० मा ऋणसम्बन्धी सम्झौता नभएको उल्लेख गरे । वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो।  मुलुकमा राजनीतिक स्थायीत्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उनको धारणा थियो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्