sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'समाजमा विग्रह र नकारात्मक चिन्तन कम हुँदै गएको छ'

२० मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा विग्रह र नकारात्मक चिन्तन कम हुँदै गएको बताएका छन् ।

बिहीबार स्वर्गीय अनिता आचार्यको स्मृति दिवसमका अवसरमा ‘संसार तिमीलाई’ गीतको लोकार्पण समारोहमा बोल्दै अध्यक्ष बस्नेतले यस्तो बताएका हुन् । उनले समाजमा सबै बिग्रियो भनेर मात्र जान नहुने भन्दै सकारात्मक चिन्तन लिएर अघि बढ्नुपर्ने बताए ।

उनले एकले अर्कालाई नस्विकार्ने, एकले अर्कालाई गाली गर्ने संस्कृतिलाई छोडेरे रचनात्मक बन्नुपर्नेमा जोड दिए । समाजमा शान्ती कायम गर्नसके मात्र समाजको विकास गर्न सकिने भएकाले घर-घरबाट शान्ती खोज्नुपर्ने बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्