एनपीएल : पोखराले जनकपुरलाई दियाे १३९ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १३९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा
टस जितेर फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ गरेको थियो। पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनायो ।
म्याट क्रिट्ले ३५, आन्द्रे गोस २०, दिनेश खरेल १०, कुशल भुर्तेल ६, दिलिपनाथ १०, रेइमन रिफर १७, माइकल लिस्कले २५ रनको योगदान दिए भने नारायण जोशीले ५ र विपिन खत्रीले १ रन जोडे ।
जनकपुरका लागि ललित राजवंशी तीन, जिमि निसम दुई मोहम्मद मोहसिन, किशोर महतोले समान एक/एक विकेट लिए ।

.gif)