क्रान्तिकारीहरुको लडाईं अझै टुंगिएको छैन् : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले क्रान्तिकारीहरुको लडाईं अझै नटुंगिएको बताएका छन् ।
बुधबार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान-२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको बताएका हुन् ।
उनले जनयुद्ध उत्कर्षतिर जाँदै गर्दाका प्रमुख राजनीतिक दलहरु नै अहिले सत्तामा रहेको उल्लेख गर्दै गणतन्त्र खतरामा रहेको संकेत गरे । उनले आफूहरु अहिले पनि जनयुद्धताका जस्तै विपक्षमा रहेको बताका छन् । उनले सबै कम्युष्टिहरु एक हुनुपर्ने आवश्यकता औंल्याए । देशलाई गणतन्त्रमा रहनबाट कसैले रोक्न नसक्ने दाहालको टिप्पणी थियो ।








