शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त
काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त भएका छन् ।
सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको थियो ।
सोमबार मन्त्रालयमा सिग्देलले कार्यभार सम्हालेका छन् ।








