sevenstartv.com १६ असार २०८३, मङ्गलवार

दोलखाको गौरीशंकरमा मतगणनाको तयारी

१७ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना हुन सकेको छैन ।

भौगोलिक विकटताका कारण मतपेटिका ल्याउन समय लागेकाले भर्खरै मात्र सर्वदलीय बैठक बसिरहेको छ । हिउँ परेर राति नै मतपेटिका ल्याउन नसकेका कारण आज बिहान ८ बजे मात्रै मतपेटिका मतगणनास्थलमा आइपुगेको जनाइएको छ । 

आज नै मतगणना सकिने जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । उपाध्यक्षका लागि कांग्रेसबाट पासदिकी तामाङ, माओवादीबाट निम लेकी शेर्पा, एमालेबाट उमा लुङ्गेली मगर शेर्पालगायत प्रतिस्पर्धामा छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्