शुद्धोधन गाउँपालिका वडा नम्बर-१ को अध्यक्षमा एमाले उम्मेदवार विजयी
काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर-१ को अध्यक्षमा एमाले उम्मेदवार मोहमद ताहिर मुसलमान विजयी भएका छन् ।
आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमाले उम्मेदवार मुसलमान एक हजार १५० मत ल्याएर निर्वाचित भएको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिनेशकुमार यादवले १ हजार ७६ मत प्राप्त गरे । जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४२३ मत ल्याउँदा जसपा नेपालका रामबहादुर कुर्मी चौधरीले ३४१ तथा माओवादीका रफि मोहम्मदले १३८ मत ल्याए ।








