sevenstartv.com ४ पुष २०८२, शुक्रवार

काठमाडौं गुर्खाजले चितवन राइनोजलाई दियो ११२ रनको लक्ष्य

१७ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा काठमाण्डौ गुर्खाजले चितवन राइनोज विरुद्ध ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डु गुर्खाज २० ओभरमा  ९ विकेट गुमाउदै   १११ रनमा समेटिएको छ । खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे । उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन् ।

३९ वर्षे भेट्रान बलर तनविरले आफ्नो चार ओभर कोटामा २१ रन खर्चेर ५ विकेट लिएका छन् । तनविरको धारिलो बलिङमा काठमाडाैंका ब्याटरले संघर्ष गर्नुपरेको थियो ।काठमाडाैंका कप्तानी करण केसीले सम्हालिरहेका छन् भने चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन् ।

आजको दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्स्‌बीच दिउँसो १ः १५ बजे  हुनेछ । शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्