कञ्चनपुरको भीमदत्त ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द निर्वाचित
काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा चन्दका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले ४८७ मत प्राप्त गर्दा चन्दले एक हजार १०७ मत प्राप्त गरि विजयी भएका हुन् ।
साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले ३६९, नेकपा एकीकृत समाजवादीका जितन्द्रबहादुर चन्दले २२५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २१८ मत प्राप्त गरे ।
स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले १४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले १२७, नेकपा माओवादी केन्द्रका नारा राम कोलीले १२२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९ मत पाए ।






