मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका माझी ६ हजार ९६९ मतसहित विजयी
काठमाडौं । मोरङको ग्रामथान गाउँपालकामा माओवादीका नमोनारायण माझी विजयी भएका छन् ।
माझीले ६ हजार ९६९ मतका साथ कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरि विजयी भएका हुन् । थारु ५ हजार ३३३ मत ल्याएर दोस्रो भए भने एमालेका तुलसीराम विश्वासले ४ हजार १५९ मत सहित तेस्रो स्थान कायम गरेका छन् ।
यस्तै राप्रपाका दिनेशकुमार थन्दारले ५ सय ५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत पाए ।






