sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रौतहटको गढीमाई–८ को वडाध्यक्षमा एकीकृत समाजवादीका यादव निर्वाचित

१७ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बजरंगी प्रसाद यादव  विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा  समाजवादीका यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् । यसैगरी नेपाली कांग्रेसका सुवोद कुमार यादवले ६१७ र जसपाका सन्देश प्रसाद यादजवले २५८ मत प्राप्त गरे ।

०७९ को निर्वाचनमा यो वडामा जनता समाजवादी पार्टी, नेपालका रामाज्ञा राय यादवले जितेका थिए । त्यसबेला एकीकृत समाजवादीका बजरंगी तेस्रो भएका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्