उपनिर्वाचन अपडेट : ४ बजेसम्म खस्यो ६१ प्रतिशत मत
काठमाडौं । स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ ।
दिउँसो चार बजेसम्म करिब ६१ प्रतिशत मतदान सम्पन्न भएको हो । मतदान सकिएलगत्तै मतगणनाको काम सुरु हुने बताइएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भइरहेको हो ।






