यु-१९ एसिया कप : नेपालविरुद्ध टस जितेर फिल्डिङ गर्दै बंगलादेश
काठमाडौं । यु-१९ एसिया कप क्रिकेटमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । युनाईटेड अरब इमिरेट्स (युएई) को दुबई क्रिकेट रंगशालामा जारी खेलमा बंगलादेशले टस जितेर फिल्डिङ गर्ने भएको हो ।
पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो जित हात पारेको बंगलादेश सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई पराजित गर्ने योजनामा छ ।
एसीसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् भने समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।

.gif)