sevenstartv.com ५ पुष २०८२, शनिवार

आयोजक फ्रान्सलाई हराउँदै स्पेनद्वारा स्वर्ण पदक रक्षा

२६ साउन २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । आयोजक फ्रान्सलाई पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा स्वर्ण जितेको छ ।

पार्क डे प्रिन्सेसमा शुक्रबार राति भएको फाइनलमा स्पेनसँग फ्रान्स पराजित भएको हो । फाइनलमा स्पेनले फ्रान्सलाई अतिरिक्त समयमा ५-३ गोलले हराएको हो । स्पेनले ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जितेको सन् १९९२ यता पहिलो पटक हो ।

स्पेनको जितमा फर्मपन लोपेज र सर्जियो क्यामेलो समान दुई तथा एलेक्सन बेनाले एक गोल गरेका हुन । फ्रान्सका एन्जो मिलोट, म्याग्नेस अक्लिउचे र जीन -फिलिप माटेटाले गोल फर्काएका थिए । । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्