sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रधानमन्त्री ओली लुम्बिनी जाँदै

१४ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

* काठमाडौंबाट लप्ची भ्रमणमा गएका दुई नेपाली पर्यटक चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।

* ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि उनीहरूलाई तातोपानीस्थित अध्यागमन कार्यालय पठाइएको बताइएको छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी जाने भएका छन् । बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह  सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जान लागेका हुन् । 

उक्त समारोहमा विश्वविद्यालयका कुलपतिसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुने बताइएको छ । उक्त अवसरमा  स्नातकोत्तर तहका १८६, स्नातकका ८८, विद्यावारिधि पूरा गरेका सात र पीजीडीका आठ विद्यार्थी दीक्षित हुनेछन् । प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ । 

त्यस्तै बौद्ध शिक्षा, धर्मदर्शनको प्रवर्धनमा योगदान पुर्‍याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने कार्यक्रम रहेको छ । विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३०० विद्यार्थी अध्ययनरत छन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्