sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा आज चीन जाँदै

१३ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

* काठमाडौंबाट लप्ची भ्रमणमा गएका दुई नेपाली पर्यटक चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।

* ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि उनीहरूलाई तातोपानीस्थित अध्यागमन कार्यालय पठाइएको बताइएको छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन जाने भएकी छन् ।  उनी दिउँसो साढे १२ बजे छेङ्दुका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । 

मन्त्री राणाले भोलि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा द्वीपक्षीय भेटवार्ता गर्ने तय भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका एजेण्डा, दुई देशको आपसी हितलगायतका विषयमा छलफल हुनेछ । त्यसपछि मन्त्री राणा पर्सि शनिबार काठमाडौं फर्किने तालिका छ । 

फेरि प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी भएर राणा बेइजिङ जाने कार्यतालिका छ । प्रधानमन्त्री ओली मंसिर १७ गते सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन्। यो भ्रमणका क्रममा बिआरआई परियोजना कार्यान्वयनका विषयमा सम्झौता गर्ने सरकारको तयारी छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्