sevenstartv.com १६ असार २०८३, मङ्गलवार

स्थानीय तह उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि

१३ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

* काठमाडौंबाट लप्ची भ्रमणमा गएका दुई नेपाली पर्यटक चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।

* ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि उनीहरूलाई तातोपानीस्थित अध्यागमन कार्यालय पठाइएको बताइएको छ।

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजे मौन अवधि शुरु हुँदैछ । यही मंसिर १६ गते हुने निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि नै प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । 

मौन अवधिमा उम्मेदवार वा अरु कोहीले पनि भौतिक, सामाजिक सञ्जाल वा कुनै पनि माध्याममार्फत मत माग्न पाउने छैनन् । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आयोगले मतदानको ४८ घण्टाअघि मौन अवधि लागू गर्छ। आइतबार उपनिर्वाचन तोकिएका ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मतदान हुन लागेको हो । 

ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसकै टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भइसकेका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्