स्याङ्जामा ‘कालीगण्डकी खेल महोत्सव’ हुँदै
काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ‘छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव’ हुने भएको छ । गाउँपालिकाको आयोजनामा महोत्सव हुने खेल महोत्सव तीन दिन सञ्चालन हुनेछ। यही मंसिर १४ देखि १६ गतेसम्म खेल सञ्चालन हुने छ ।
प्रतियोगितामा ७ खेलका २२ विधामा प्रतिस्पर्धा हुनेछ । करिब सात सय खेलाडी सहभागी हुनेछन् । खेल महोत्सवमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिण्टन, टेबुल टेनिस, दौड, बुद्धिचाल प्रतियोगिता हुनेछ । खेल महोत्सवको तयारी पूरा भएको छ ।
महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नेछन्। मंसिर १४ गते शुक्रबार बिहान १० बजे मिर्मी खेलमैदानमा खेलको उद्घाटन गर्ने कार्यक्रम रहेको कोइरालाले बताइन् । कालीगण्डकी गाउँपालिकाले विगत सात वर्षदेखि अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव हुँदै आएको छ ।

.gif)