sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'जलवायुजन्य समस्या समाधान गर्न सरोकारवालाबीच समन्वय आवश्यक छ'

११ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

* काठमाडौंबाट लप्ची भ्रमणमा गएका दुई नेपाली पर्यटक चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा परेका छन्।

* ड्रोन चिनियाँ भूभागमा प्रवेश गरेपछि उनीहरूलाई तातोपानीस्थित अध्यागमन कार्यालय पठाइएको बताइएको छ।

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुजन्य समस्या समाधान गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

वन्यजन्तु सरक्षण संघ नेपालले आयोजना गरेको ‘नेपालमा चक्रिय अर्थतन्त्र तथा दिगो भविष्यतर्फ रूपान्तरण’ नामक सम्मेलनको उद्घाटन गर्दै मन्त्री शाहीले जलवायुजन्य सङ्कट सामना गर्न समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् । 

उनले जलवायु परिवर्तनका कारण बाढीपहिरो, डुबान, हिमपहिरो, हिमताल विस्फोट, हिउँ पग्लने, पानीको मुहान सुक्ने, अतिवृष्टि र अनावृष्टि जस्ता समस्याले विश्वकै अर्थतन्त्रमा असर गर्ने भएकाले जलवायुजन्य असर न्यूनीकरणका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिए । 

केही दिनअघि बाकुको अजरबैजानमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप २९) पनि जलवायु परिवर्तनले पुर्याएको असर र समाधानका लागि नेपालले पैरवी गरेर आएको मन्त्री शाहीले बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्