'राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी मारमा परेका छन्'
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी लगायत अन्य व्यवसायीहरु मारमा परेको बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाल निर्माण उद्योग परिषद्को कार्यलय उद्घाटन कार्यक्रममा महासचिव पोखरेलले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताएका हुन् ।
उनले हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरु आफू अनकुुल थप्ने तथा पुराना आयोजनाहरुलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको उल्लेख गरे । उनले नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको बताए । उनले यस्तो हुँदा बाहिर जाने युवाहरुले मुलुकमा रेमिट्यान्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको बताएका छन् । उनले मुलुकभित्र पर्याप्त मात्रामा सामथ्र्य भएपनि मुलुकको सामथ्र्य समान गर्नसक्ने राज्य कमजोर बनाइएको बताए ।
उनले राज्यसँग भिजन भएको नेतृत्व,बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व भएमात्रै देश बन्ने बताए । उनले नेकपा एमाले र नेपाली कांग्रेसले चाहेको खण्डमा मात्रै राजनीतिक स्थायित्व प्राप्त हुनसक्ने बताउनु भयो । उहाँले पछिल्लो समय सत्य कुरा बताउँदा शंकर पोखरेलले दुई दलिय प्रणाली ल्याउन खाज्यो भनिएको बताएका छन् । उनले लोकतन्त्रमा एक वा दुई दलिय नहुने बताए ।






