sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक

१० मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी सार्वजनिक गरेका हुन् ।  

क्यानका अनुसार सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक भएको हो । प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्स गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा विराटनगर किंग्स र जनपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् ।

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्