sevenstartv.com ७ पुष २०८२, सोमवार

देशभरका ७७ स्थानकाे घरजग्गा लिलामी गर्दै महालक्ष्मी विकास बैंक, कहाँ कति ?

१० मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा रहेका घरजग्गा लिलाम गर्ने भएको छ । बैंकले देशका सातवटै प्रदेशमा रहेका गैरबैंकिङ सम्पत्तिहरु लिलाम बढाबढमार्फत् बोलकबोल गर्न लागेको हो ।

यसरी लिलामी हुन लागेका सम्पत्तिहरुमा कोशीमा १९, मधेशमा २, बाग्मतीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३, कर्णालीमा ७ र सुदूरपश्चिममा ३४ स्थानमा रहेका घर तथा जग्गा रहेका छन् ।

विभिन्न समयमा ऋण लिएर समयमा ऋण नतिरी कालोसूचीमा परेका सम्पत्तिहरु बैंकले आफ्नो नाममा सकारेर राखेको थियो । उक्त सम्पत्तिहरु लिलामीका लागि बैंकले यसअघि नै १५ दिने सूचना प्रकाशित गरेको थियो । सो सम्पत्तिका लागि मंगलबारसम्म बोलबकोलमा सहभागी हुन सकिनेछ । यसमा सहभागी भएकाहरुको बोलपत्र बुधबार खोलिनेछ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्