sevenstartv.com १६ असार २०८३, मङ्गलवार

नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

१० मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले आइतबार साँझ बढुवा हुने प्रहरी अधिकृतहरूको नाम सार्वजनिक गरेको हो । 

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईका अनुसार ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विक बढुवाका लागि सिफारिस भएका हुन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्