sevenstartv.com १६ असार २०८३, मङ्गलवार

जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायातको पूर्वाधार निर्माण गर्नुपर्छ : मन्त्री दाहाल

९ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायुजन्य प्रकोप सम्बोधन हुनेगरी यातायातको पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 

जलवायुजन्य प्रकोपका कारण मुलुकका विभिन्न भागका सडक लगायतका भौतिक पूर्वाधारमा ठूल्ठूला क्षति भइरहेका बेला उनले सो आवश्यकता औंल्याएका हुन् । आइतबार काठमाडौंमा आयोजित यातायात पूर्वाधारसम्बन्धि प्राविधिक कार्यशाला गोष्ठीमा मन्त्री दाहालले यातायातको पूर्वाधार निर्माणमा मुलुकलाई विज्ञहरुको आवश्यकता रहेको पनि स्पष्ट पारे । 

उनले वातावरणीय दृष्टिकोणबाट पनि अनुकुल हुनेगरी सडक लगायतका यातायात पूर्वाधार निर्माण गर्नका लागि सम्बन्धित क्षेत्रका विज्ञहरु हुनुपर्ने भएकाले सरकारले सोहीअनुसार अघि बढ्ने सोच बनाएको बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्