sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

७ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटवार्ताका क्रममा सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई आफ्नो कम्बोडिया भ्रमणका बारेमा जानकारी गराएका हुन् । 

सभामुख घिमिरे कम्बोडियाको राजधानी नोमपेन्हमा यही मङ्सिर ८ देखि ११ गतेसम्म हुने इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस ९आइपिटिपी० को ११औँ प्लेनरी सेसनमा भाग लिन त्यसतर्फ जान लागेका हुन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्