sevenstartv.com ७ पुष २०८२, सोमवार

प्लाष्ट नेपालले १३ मंसिरदेखि चौथो अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने

५ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनमा मंसिर १३  देखि १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ । 

प्लाष्टिकको वहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापि विस्तारबाट नेपाल समेत लाभान्वित भैरहेको सन्दर्भमा हुन लागेको यस मेला÷प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरुका उत्पादकहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, उत्पादनमा प्रयोग गरिने विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने कार्यक्रम रहेको बताइएको छ । 

मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया÷सेवा प्रदायकहरुको सहभागिता हुनेछ भने मेलाको सहआयोजक भारतको कम्प्लाष्ट रहेको छ । यस मेलाले नेपालमा प्लाष्टिक जन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार प्रसार गरि जनचेतना जगाउने तथा विश्व वजारमा गरिएका नविनतम प्रविधिको विकासलाई नेपाली बजारमा समेत भित्र्याउने विषयमा मेलाले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । 

प्लाष्टिकजन्य वस्तुको उपयोगिताका विषयमा उपभोक्ता, सरकारी र सार्वजनिक निकायहरुमा जागरण ल्याउने एवं जानकारी गराउने, प्लाष्टिक उद्योगहरुको जनशक्ति विकास गर्न तालिम÷प्रशिक्षण, आधुनिक र अध्यावधिक ज्ञान र सीप उपलव्ध गराउने÷हस्तान्तरण गर्ने केन्द्रको रुपमा काम गर्ने, प्लाष्टिक जन्य वस्तुहरुको परीक्षण र विकास सम्वन्धि सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणिकरणको काम समेत गर्ने, प्लाष्टिक  जन्य वस्तुहरुको सम्वन्धमा ३ आरको विषयमा जागरण ल्याउने, प्लाष्टिक क्षेत्रको प्रवद्र्धन गरी नेपाललाई प्लाष्टिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यसहित स्थापना भएको प्लाष्ट नेपाल फाउण्डेशनले यसभन्दा अगाडि तीनवटा अन्तराष्ट्रिय प्रदर्शनी सफलतापुर्वक सम्पन्न गरिसकेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्