sevenstartv.com ७ पुष २०८२, सोमवार

सानिमा बैंकले ५.२६ प्रतिशत नगद लाभांश दिने

५ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सानिमा बैंक लिमिटेडले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २०औँ वार्षिक साधारणसभाले सो निर्णय गरेको हो ।

आर्थिक बर्ष २०८०र८१ मा रु.२.४० अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु.१९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ । 

आर्थिक वर्ष २०७९र८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको बैंकले जनाएको छ ।
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्