sevenstartv.com ७ पुष २०८२, सोमवार

तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स नेपाल भित्रियो

४ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएकाे छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । 

तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि १ लाख ७० हजारभन्दा बढी युवा बिदेसिएका छन् । तथ्याङ्क अनुसार असोजसम्म संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख १० हजार ६५४ छ ।

५९ हजार ९३९ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्