sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

महसुल घटाए पनि प्राधिकरण निरन्तर नाफामा छ : कुलमान घिसिङ

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल घटाए पनि प्राधिकरण निरन्तर नाफामा रहेको बताएका छन् । 

कार्यकारी निर्देशक भएको तीन वर्षमा भए गरेका उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा घिसिङले आर्थिक वर्ष २०७२र७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता भने ती दिन फर्केर हेर्नु नपरेको उल्लेख गरेका हुन् ।

‘आर्थिक वर्ष ०७३र७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले सुरु गरेको नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले  ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।

उनले भने, ‘यस अवधिमा विद्युतको महसुल ३ पटक गरी करिब २५ प्रतिशत घटाइए पनि नाफामा बृद्धि नै भइरहेको छ। प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिव २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको छ।’ 

सिंचाइका लागि प्रति युनिट २ रुपैयाँमा विद्युत उपलब्ध गराइएको छ भने लिफ्टिङ खानेपानीमा डिमाण्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको उनले बताएका छन् । विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पूँजीगत लगानी गर्न सक्षम भएको उनले बताए।  

 

 

यो पनि पढ्नुहोस्