sevenstartv.com १६ असार २०८३, मङ्गलवार

स्व. ढुंगाना संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्तिः मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मी

३ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वसभामुख स्व. दमननाथ ढुंगानालाई संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्तिको रुपमा आफूले लिएको बताउनुभएको छ । सोमवार सानो गौचरणमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व.ढुंगानाका जीवनका विभिन्न आयामहरु रहेको बताउनु भयो । उहाँले स्व.ढुंगाना कानूनी क्षेत्रमा वरिष्ठ अधिवक्ता भइ संवैधानिक, कानूनी, राजनीतिक पक्षका मुद्दाहरुमा बहस गर्नुभएको बताउनु भयो । उहाँले समन्वयकारी भुमिका निर्वाह गर्ने व्यक्तिका रुपमा आफूले स्मरण गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँका जीवनका विभिन्न आयामहरु छन् ।

कानूनी क्षेत्रको पनि एउटा राम्रो वरिष्ठ अधिवक्ता भएर संवैधानिक, कानूनी, राजनीतिक पक्षका मुद्दाहरुमा पनि बहस गर्नुभयो । मेरै इजलासमा पनि म जिल्ला न्यायाधीश हुँदा बहस गर्नुभएको थियो, काठमाडौंमा । सभामुखको हैसियतले संसदीय मूल्यमान्यता स्थापित गराउनु भयो । समन्वयकारी भुमिका निभाउनुभएको छ । पछिल्लो समयमा मानवअधिकारवादी व्यक्तिको रुपमा पनि काम गर्नुभयो ।

समाज र राष्ट्रको लागि कानूनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गर्नुभएको योगदान स्मरणीय छ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व. ढुंगानाले समाज र राष्ट्रको लागि कानूनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गर्नुभएको योगदान स्मरणीय रहेको बताउनु भयो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्